प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेकाछौं- प्रवक्ता पोखरेल
२५ बैसाख, २०८३, शुक्रवार
- सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशको सिफारिस अहिलेसम्मनै पहिलो पटक कार्यक्षमताको आधारमा गरिएको बताउदै यो पहिलो पटक राम्रो प्रक्रियाबाट भएको दाबि गरेका हुन् ।
काठमाडौं: सरकारले प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेको दाबि गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशको सिफारिस अहिलेसम्मनै पहिलो पटक कार्यक्षमताको आधारमा गरिएको बताउदै यो पहिलो पटक राम्रो प्रक्रियाबाट भएको दाबि गरेका हुन् ।
उनले भने- 'नेपालको न्याय क्षेत्र सुधार गर्नुपर्छ, यसको लागि नीतिगत कानुनीसहितका धेरै कुरा सुधार हुनुपर्छ भन्ने कुरा पहिला देखि नै हुदै आएको हो ।यो पाली पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्धाको फर्स्यौटको हिसाबमा, इन्डिकेटरको हिसाबमा सिफारिस गरेर पठाएका छौं । यो नै पनि पर्फेक्ट पद्दति हो भनेर भन्न खोजेको होइन । तर अहिलेसम्मको इतिहास हेर्दा कार्यक्षमताको हिसाबमा सिफारिस भएको पहिलो पटक हो । यसलाई पनि क्रमबद्ध रुपमा सुधार गर्दै, अझ राम्रो प्रोसेस बनाउदै लैजानुपर्छ । तर यो अहिलेसम्मको राम्रो प्रोसेस भएको भन्ने हामीलाई लाग्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।